प्रचण्ड र ओलीबिच बालुवाटारमा भेटवार्ता

काठमाडाैं | असार १७, २०८१

प्रचण्ड र ओलीबिच बालुवाटारमा भेटवार्ता

काठमाडौँ:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा दुई नेताबिच भेट भएको हो ।

 

सत्तारुढ दलका दुई शीर्ष नेताबिच लगातार दोस्रो दिन भेटवार्ता भएको छ ।

 

यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सिंहदरबारमा छलफल भएको थियो ।

 

शनिबार अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच ३ घण्टा लामो छलफल भएपछि सत्ता समीकरणबारे विभिन्न अड्कलबाजीहरू भइरहेका छन् । यही आशङ्काबिच दुई नेताको भेटघाट बाक्लिएको हो ।

सिरहा ।   जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा जारी कर्फ्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाइएको छ ।   प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थ...

थप पढ्नुहोस्

काठमाडौँ ।  मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जितेकी छिन् । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् । &nbs...

थप पढ्नुहोस्

पोखरा ।    सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...

थप पढ्नुहोस्